ताजा अपडेट »

स्कटल्यान्डमाथि नेपालको सानदार जित

शुक्रबार, ०५ फागुन २०७९, १६ : ४६
48 Shares
शुक्रबार, ०५ फागुन २०७९
48 Shares

काठमाडौं । अलराउन्डर दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डमाथि तीन विकेटको सानदार जित हात पारेको छ ।

जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा दीपेन्द्र सिंह ऐरी १ सय १६ बलमा ८ चौका र १ छक्कासहित ८५ रनमा अविजित रहे । दीपेन्द्रको यो ओडिआई करिअरको दोस्रो उत्कृष्ट प्रदर्शन हो । दीपेन्द्रको करिअरको उत्कृष्ट प्रदर्शन गत वर्ष मार्चमा पपुवा न्युगिनीविरुद्ध १ सय ५ रन थियो ।

सोमपाल कामी ३२ बलमा ३ चौकासहित २४ रनमा अविजित रहे । सोमपालले विजयी चौका प्रहार गर्दै खेल सकाएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।