ताजा अपडेट »

नेपाललाई झट्का, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल आउट

शुक्रबार, ०५ फागुन २०७९, १३ : २५
18 Shares
शुक्रबार, ०५ फागुन २०७९
18 Shares

काडमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्याण्डले दिएको चुनौती पछ्याएको नेपाललाई झट्का लागेको छ ।

नामिबियाविरुद्ध उत्कृष्ट खेलेका कुशल भुर्तेल आउट भएका छन् । नामिवियाविरुद्ध शतकीय इनिङ्स खेलेका भुर्तेलले ८ बलमा ४ चौकासहित १६ रन बनाएर आउट भएका हुन् । साथै ज्ञानेन्द्र मल्ल पनि ४ रन जोडेर आउट भएका छन् । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले दिएको २७५ रनको चुनाती नेपालले पछ्याइरहेको छ । ३ ओभरको समाप्तिमा २ विकेट गुमाएर नेपालले ३६ रन जोड्दै चुनौती पछइरहेको छ । 

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले पूरा ओभरको समाप्तिमा ९ विकेट खर्चिएर २७४ रन जोडेको हो । 

स्कटल्याण्डका लागि माइकल लिस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित १०७ रनमा नट आउट रहे ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।