काठमाण्डौं । काठमाण्डौंको कृतिपुरमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तरगत आजको खेलमा स्कटल्याण्डले नेपालका लागि २७५ रनको चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । त्रिदेशीय एकदिवसीय शृंखलाको दोस्रो खेलमा स्कटल्यान्डका माइकल लिस्कको बिस्फोटक ब्याटिङसँगै स्कटल्याण्डले २७४ रन बनाउन सफल भएको हो । उसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर लक्ष्य प्रस्तुत गरेको हो ।
बलिङमा गरेको राम्रो सुरुआतलाई निरन्तरता दिन नसक्दा नेपालले चुनौतिपूर्ण योगफल पाएको हो । २४ ओभरको समाप्तिमा १ सय १० रन जोडेर ५ विकेट गुमाएको स्कटल्यान्डका लेस्कले सातौं विकेटका लागि ज्याक हार्भिससँग ८१ रनको साझेदारी गर्दै ८५ बलमा ९ छक्का र ३ चौकासहित सर्वाधिक १ सय ७ रनको अविजित इनिङ खेले । जार्भिस २६ रन जोडेर आउट भए ।
ओपनर क्रिस्टोफर म्याकब्रिज २२ रनमा आउट हुँदा, कप्तान रिची बेरिङटन र थोमस माकिन्टोस समान १९ रन जोडेर पभेलियन फर्किएका थिए । ब्राडन म्याकम्युलेन २६ बलमा २२ रन र क्रिस ग्रेभिस १६ रनमा आउट भए । मार्क वाट २० रनमा आउट भए ।
नेपालको बलिङमा सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । उनले १० ओभरमा २७ रन खर्चिए । कुशल मल्ले ९ ओभरमा एक मेडन राख्दै ४९ रन खर्चिए २ विकेट लिए भने, सोमपाल कामी, कुशल भुर्तेल र दिपेन्द्रसिंह ऐरीले समान एकरएक विकेट लिए ।
पहिलो खेलमा नेपालले नामिबियालाई दुई विकेटले पराजित गरेको थियो । भने, स्कटल्यान्डले नामिबियालाई १० विकेटले पराजित गरेको थियो
प्रतिक्रिया