बुटवल । रुपन्देहीको देवदह नगरपालिका-९ मा आफ्नो परिवारको हत्या प्रयासको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ३९ वर्षका रामबहादुर बिक रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
विकले सोमबार साँझ देवदह-९ कालिका टोल स्थित आफ्नै घरभित्र बसेका श्रीमती र छोराछोरीलाई बाहिरबाट चुक्कल लगाई घरमा आगो लगाएका थिए । घरको छानोमा आगो सल्किएर दन्किन थालेपछी श्रीमती, छोरा छोरीहरुले थाहा पाएका थिए । घर भित्रबाट उनीहरुले हार गुहार गरेपछि छिमेकीले थाहा पाएका थिए । गाउँलेहरु जुटेर आगो निभाई घर भित्र रहेका आमा, छोरा छोरीहरुलाई उद्दार गरिएको थियो ।
आरोपित विकलाई तत्काल पक्राउ गरी ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरी रुपन्देही जिल्ला अदालतबाट पहिलो पटक ७ दिन म्यादथप अनुमति लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया