ताजा अपडेट »

६ जना चिकित्सकसहित सांसद चन्द्र भण्डारीलाई भारत लगियो

विहीबार, ०४ फागुन २०७९, १७ : ०१
36 Shares
विहीबार, ०४ फागुन २०७९
36 Shares

काठमाडौं । खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका कांग्रेस सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ ।

ग्यास सिलिन्डर विस्फोट भएपछि बुधबार राति कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचारका लागि सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारीलाई लगिएको थियो । 

शरीरको करिब ३० प्रतिशत भाग जलेको भण्डारीलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजान बर्न सेन्टरले भनेपछि उनलाई बिहीबार भारत लगिएको हो । तर, ७० प्रतिशत शरीरको भाग जलेका हरिकलाको भने बिहीबार उपचारका क्रममा निधन भएको छ । 

सांसद भण्डारीलाई भने ६ जना स्वास्थ्यकर्मीसहित उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा लगिएको हो । उनलाई श्री एयरलाइन्सको विमानमार्फत लगिएको हो ।

३० प्रतिशत शरीरको भाग जलेको र धुवाँ स्वासनलीमा गएकाले सांसद भण्डारीको स्वास्थ्य थप जटिल बनेको हो । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।