म मरे पनी मेरो देश बाँचीरहोस् यो कथ्य देशप्रेमीहरुका लागि सबै भन्दा महत्वपुर्ण विषय हो । म.वि.वि.शाहले उच्चारण गरेको यो शब्दावली निकै मार्मिक र आदर्शयुक्त छ । विभिन्न जात, वर्ण, भाषा, भुगोल, धम, संस्कृति र आर्दशले देशको स्वाभिमान निर्माण भएको हुन्छ । त्यसैले पनि तत्कालिन परिस्थिति र विश्व जगतमा नेपालको भुराजनीति र भू–सामरिकतालाई अक्षुण राख्नु पर्छ भन्ने मान्यताले म. वि.वि शाहले यो वाक्यांस प्रयोग गरेका हुन सक्छन ।
राजनीति सरल रेखामा हिडने नहुँदा कुटनीतिक तवरले शाहले जनतालाई देशप्रेम जागृत गर्न यो वाक्यांश प्रयोग गरेका हुन की भन्ने विश्लेषण पनि गर्न सकिन्छ। इतिहासको यो कथ्य हालचालै एउटा घटनाक्रमले पुर्नताजगी गरेको छ । इलामका प्रेम आर्चायले काठमाडौँ स्थित बानेश्वर चोकमा आत्मदाह गर्नुपुर्व सामाजिक संजालमा पोष्ट गरेको स्टयाटसको अन्तिम पङ्तीमा यही वांक्यांस प्रयोग गरेका छन । उनले देशको आर्थिक, सामाजिक र राजनीतिक परिपाटीलाई मृत्युको शैयाबाट गतिलो झापट हानेर गएका छन । देश प्रतिकोको गैरजिम्वेवारीपनलाई नेतृत्व बिरुद्ध आत्मदाहको नयाँ क्रान्ती गरेर गएका छन ।
जिवनवाद र न्यायशास्त्रमा आत्मदाहको अर्थ समाजले भिन्नै रुपमा चित्रण गर्ला तर आर्चायले क्रान्तिको बिगुल फुकेकै हुन भन्न सहजै सकिन्छ । नेतृत्व पङ्तीमा देशमोह हुनुपर्नेमा दलमोह बरखराव रहेको कुरा आर्चायद्वारा लिखित बुँदाले प्रस्टाउँछ । राष्ट्रका हरेक संरचना, संस्था, सरोकारवाला निकाय समुचित ढंगले जनपक्षिय कार्यमा प्रस्तुत नभएको कुरा जिकिर गरेर गएका छन । देशले भोगिरहेका समस्या समाधान गर्न क्रान्तिको बिगुल मात्र फुकेनन् देश प्रेमको भावना समेत उजागर गरेर गएका छन प्रेम आर्चायले ।
आखिर कोहि न कोहि क्रान्तिवीर देशका लागी जन्मनै पथ्र्यो । देश प्रतिको मायामोह उजागर गर्नु नै पथ्र्यो । दल मजबुत गर्ने नाममा देश क्षेदबिच्छेद गरेको सत्यता कसैले बिर्सनु हुँदैन । देश आमा हुन आमालाई सबैले माया गर्नु पर्दछ । आमा प्रति उत्तरदाहित्व वहन नगर्ने सन्तान जनता हुन सक्दैन, न त नेता नै । वीर शहिदहरुले देशकै लागी वलिदान गरेका हुन । अस्थिर राजनीति र सत्ता स्वार्थको राजनीतिले देशको गरिमा र महिमा कमजोर बनेको छ ।
राष्ट्रनिर्माता पृथ्वी नारायण शाहले यो देश चार जात र छत्तिस वर्णको फुलवारी हो भन्ने कुरा आफ्नो दिब्यउपदेशमा उदृत गरेका छन । यो मन्त्रले देशको सारभौमिकता, सांस्कृतिक एकता र अखण्डतामा ठुलो अर्थ राख्दछ । देश प्रतिको सच्चा प्रेमको अनुभुति दिलाउँछ । आजकल स्वतन्त्रता र सामयवाद बिचको दलिय देवासुर संग्रामले देशको अस्तित्व खतरा मा परेको छ ।
देशभित्रको दलगत स्वार्थका कारण जातीय, क्षेत्रीय, लैङ्गिक र धार्मिक टक्रावहरु उत्पन्न भएका छन । राष्ट्रनिर्माता पृथ्वी नारायण शाहले भनेको फुलवारी खलबलीन खोज्दैछ । ईटालीमा जन्मेर कर्मथलो फ्रान्स बनाएका एक फ्रान्सेली शासक नेपोलियनले भनेका छन मलाई असल आमा देउ बदलामा मैले तिमीलाई असल राष्ट्र दिनेछु । हामीले असल आमा मात्र होईन असल राष्ट्र पनि पाएका छौं तर असल आमा प्रतिको उत्तरदाहित्व वहन बिलकुलै गरेका छैनौं ।
देशको आर्थिक, सामाजिक र राजनितीक अवस्था बिग्रदै गएको अवस्थामा राजनितीक दल, नेतृत्व वर्ग, आम नागरिक, संचार जगत सबै सबै ले एउटै प्रण गर्नुपर्छ देश कसरी समृद बनाउने । हामी संग भएका तिनतहका संरचना मा स्थानिय तह देखि केन्द्र सम्म देश चिन्तन को प्राज्ञिक बहस श्रृजना हुन जरुर छ । दलियता भन्दा ठुलो देश हो, देश नै नरहे दलियता को के अर्थ ? समिक्षा र चिन्तन मनन गर्न आबस्यक छ ।
रामायणमा उल्लेख जननी जन्मभुमिश्च स्वर्गदपी गरियसी यो मन्त्रलाई आत्मसाथ गर्दै हामी सबै आफु जन्मेको यो भुमीलाई माया गर्नुपर्छ । यसले एकत्व र सामुहिकता को भावलाई उजागर गर्न मदत्त पुयाउँछ । देशको राजनितीक, सामाजिक, सांस्कृतिक र आर्थिक पक्षलाई मजबुत बनाउन देशको चिन्तन गर्नु पर्ने बाध्यकारी परिस्थिती तपाई हाम्रा माझ नव चुनौती बनेर थपिएको छ । यसलाई आत्मसात गर्दै देश बिकास मा सरिक हुनु हामी सबैको कर्तव्य हो । देश बिकासको पुनित कार्यमा सबैको देन हुन जरुर छ ।
देशका प्रशासनिक क्षेत्र, राजनितीक क्षेत्र, सुचना र संचार जगत, अभियानकर्ता, बौद्धिक तथा प्राज्ञिक मञ्च गंभिरता पुर्वक राष्ट्र निर्माणको प्रकृयामा जोडिन पर्दछ । लोकतन्त्रको बिकल्प उन्नत लोकतन्त्र मात्र हुन सक्छ । उन्नत लोकतन्त्रका लागि राष्ट्रिय एकताको डालो भित्र सबै एकजुट भएर हिड्नुको बिकल्प छैन । अहिले मुलुक राष्ट्रिय अन्तराष्ट्रिय प्रभावबाट गुज्रिरहेको छ मानौँ शास्त्रमा भनेझै न भूतो न भविष्यती अर्थात मुलुक कता गईरहेको छ हामीलाई थाहा छैन । हामीले पुग्ने गन्तव्य तय गर्नु पर्ने छ । यो विभाजित दलिय अन्तरकलहले देशमा शान्ति अमन चयन कायम हुन सक्दैन ।
महाजनो चेत गत स पन्था अर्थात ठुला मान्छे जता जान्छन बाटो त्यही हो । हामीलाई राजनीतिक दल, नेतृत्वले जे सिकाउँछन हामी हिड्ने बाटो त्यही हो । नेतृत्वले देश प्रेम सिकाए जन्ताले त्यही सिक्छन भने नेतृत्वले गलत सिकाए जनताले पनि गलत सिक्छन तसर्थ देशको अभिभावकत्वको भुमिका नेतृत्वले गर्न सक्नु पर्दछ । आजको वैैदेशिक प्रभाव, देशको बिग्रदो अर्थतन्त्र, देशको अस्थिर राजनीतिलाई हामीले स्थिरता तर्फ केन्द्रित गर्नु पर्दछ । शान्ति सुव्यवस्थाका लागि सुरक्षाकर्मी, नेपाली सेना, गुप्तचर संस्था, अनुसन्धान बृतका निकायहरु देशको सिमाना सुरक्षा र नागरिक सुरक्षामा कटिबद्ध हुन पर्दछ ।
यी तमाम समस्याको निराकरण गर्ने तत्व भनेकै त्रिपक्षिय शक्ति अर्थात नागरिक, राज्य र राजनीति नै हो । सबैले अनुशासनको पालना गर्दै आफ्ना दाहित्व र कर्तव्य पालना गर्न सके मुलकले रङ पक्कै फेर्नेछ । देश प्रेमको भाव सबैमा जागृत हुन आवश्यक छ । सबैले मातृभुमिलाई माया गर्न सिकौँ । अब म मरेपनी मेरो देश बाँचिरहोस होइन, अब हामी देशका लागी बाँच्दछौ भन्ने नारा घन्काउ । जय देश जय मातृभुमी ।
प्रतिक्रिया