काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच वार्ता जारी छ ।
राष्ट्रपति निर्वाचनलाई लिएर गठबन्धनका दलहरुबीच देखिएको बेमेलका बारेमा छलफल भइरहेको बताइएकाे छ ।माओवादीले कांग्रेसलाई राष्ट्रपतिमा सघाउने हल्ला चलिरहेका बेला ओली प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् ।दुई नेताबीचको आजको छलफल राष्ट्रपतिमा सहमति जुटाउने प्रयासमै केन्द्रित रहने भएकाे छ ।
प्रतिक्रिया