ताजा अपडेट »

नक्कली सवारी चालक अनुमती पत्र बनाउने तीन जना पक्राउ

बुधबार, ०३ फागुन २०७९, १८ : २६
16 Shares
बुधबार, ०३ फागुन २०७९
16 Shares

काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट नक्कली चालक अनुमती पत्र बनाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकामा केही व्यक्तिले लिखत किर्ते गरी नक्कली स्मार्ट सवारी चालक अनुमती पत्र बनाई प्रयोग गर्दै आइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले कञ्चन गुरुङलाई काठमाडौंको रामशाहपथ,अनिल राईलाई सामाखुशी र राजन तामाङलाई बालाजु पैयाँटारबाट पक्राउ गरिएको जनाएको हो । उनीहरूलाई आवश्यक कारबारहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।