ताजा अपडेट »

लागु औषध कारोबारमा संलग्न १३ जना पक्राउ

बुधबार, ०३ फागुन २०७९, १७ : २६
18 Shares
बुधबार, ०३ फागुन २०७९
18 Shares

काठमाडौं । काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले लागु औषध कारोबारमा संलग्न १३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार गत २४ गते सोलुखुम्बु माप्यदुधकोशी गाउँपालिका लाक्पा शेर्पालाई पक्राउ गरी अनुसन्धान गर्दा थप १३ जना पक्राउ परेका हुन । 

अनुसन्धान गर्दै जाँदा विभिन्न मार्गबाट लागूऔषध भित्र्याई ओसार पसार, भण्डारण, विक्रि वितरण गर्ने कार्यमा संलग्न १३ जनालाई पक्राउ गरिएको हो ।  बुप्रेनोर्फिन, डाइजेपाम र फेनरागन २०,३०० एम्पुल,  नाइट्राभेट १२,९५० ट्याबलेट र नगद ४ लाख ५ हजार सहित नियन्त्रणमा लिई लागूऔषध नियन्त्रण व्यूरोबाट थप अनुसन्धान भइरहेको छ  ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।