ताजा अपडेट »

रोटरी क्लब अफ रुपन्देहीमा डिस्ट्रिक गभर्नरको अफिसीयल भिजिट

बुधबार, ०३ फागुन २०७९, १५ : ५६
50 Shares
बुधबार, ०३ फागुन २०७९
50 Shares

बुटवल । रोटरी क्लब अफ रुपन्देहीले डिष्ट्रिक गभर्नर अफिसीयल भिजिट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा क्लबले हालसम्म गरेका विभिन्न सामाजिक गतिविधिहरुको समीक्षा गरिएको छ । क्लबले गरेका गतिविधि बारे जानकारी गराउँदै क्लबका प्रेसिडेन्ट ऋषि भण्डारीले रुपन्देहीको करहिया वन क्षेत्रमा रोटरी क्रियाकलाप पार्क स्थापना, तिलोत्तमाका अपाङ्गता भएका व्यक्तिहरुलाई १० थान ह्विल चियर वितरण, तिलोत्तमाका ५० जना विपन्न महिलाहरुको निशुल्क क्यान्सर स्क्रिनिङ लगायतका कामहरु सम्पन्न भएको जानकारी गराए ।

यसैगरी तिलोत्तमाको सेमरामा १ करोड १८ लाख लागतमा मातृ शिशु कल्याण हस्पिटल स्थापना लगायतका महत्वपूर्ण क्रियाकलापमा क्लब सरिक हुँदै आएको उनले बताए । कार्यक्रममा बोल्दै रोटरी डिस्ट्रिक गर्भनर जितेन्द्र बहादुर राजभण्डारीले सामाजिक क्रियाकलापमा सक्रिय बनाउँदै क्लबलाई नमूना बनाउने प्रयासमा लाग्न सुझाव दिए । देशभर स्थापना भएका क्लबहरुले रोटरी सिद्धान्त अनुसार संस्थालाई अघि बढाउन नसक्दा उनीहरु ओझेलमा पर्ने गरेको बताउँदै उनले संस्थालाई सक्रिय बनाउनका लागि सम्पूर्ण सदस्यहरुको अहम भूमिका रहने उल्लेख गरे ।

कार्यक्रममा बोल्दै रोटरी डिस्ट्रिक जोन २९ का एजी राजु खरेल, क्लब का एसाईन तथा जोन २८ का एजि राजुदेवी खनाल, पुर्ब अध्यक्ष देवानन्द पाण्डे, गोपाल प्रासाद न्यौपाने, दुर्गा पोखरेल लगायतले बोल्दै तन, मन र बचनले रोटरी सिद्धान्त अनुसार चल्न सक्ने संस्थागतसँगै आफ्नो व्यवसायिक सफलता प्राप्तिमा समेत सहयोग पुग्ने उल्लेख गरे । रोटरी क्लब रुपन्देहीले हालसम्म पूरा गर्न सकेका कार्योजना तथा बाँकी रहेका योजनाहरुका बारेमा समेत कसरी अघि बढ्ने बारे छलफल तथा सुझाब संकलन गरेको थियो । आगमी जुलाईसम्म तय गरिएका कार्यक्रमलाई सफल बनाउनका लागि संस्थामा आवद्ध हरेक सदस्यले आफ्नो जिम्मेवारी सम्झिएर गम्भीर भई काममा अघि बढ्नुपर्ने सुझाबहरु प्राप्त भएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।