ताजा अपडेट »

नेपालमा आफू अनुकूलको राष्ट्रपति बनाउन शक्ति राष्ट्रको चलखेल : चित्रबहादुर केसी

बुधबार, ०३ फागुन २०७९, १५ : ००
49 Shares
बुधबार, ०३ फागुन २०७९
49 Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा आफू अनुकूलको राष्ट्रपति बनाउन शक्ति राष्ट्रको चलखेल भएको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले नेपालमा राष्ट्रपति चयनका लागि निर्वाचन आउँदै गर्दा आफू अनुकूलको व्यक्तिलाई बनाउन शक्ति राष्ट्रको चलखेल भइरहेको बताएका हुन् ।

सोमबार र मंगलबार भारतीय विदेशसचिव विनयमोहन क्वात्राको नेपाल भ्रमण र नेपालस्थित कूटनीतिक नियोगका अधिकारीहरुको भइरहेका भेटघाटलाई लक्षित गर्दै उनले नेपालमा आफू अनुकूलको राष्ट्रपति बनाउन खेल भएको बताएका हुन् । पहिलो अप्रत्यक्ष रुपमा हुने शक्ति राष्ट्रहरुको हस्तक्षेप अहिले प्रत्यक्ष रुपमै भएको बताएका अध्यक्ष केसीले सत्ता र शक्तिको लुछाचुँडीले गणतन्त्र नै खतरामा पर्ने दृष्य देखिएको बताए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।