ताजा अपडेट »

नेपालगञ्जबाट ५ लाख नक्कली नोटसहित तीन जना पक्राउ

बुधबार, ०३ फागुन २०७९, ०८ : ५९
2 Shares
बुधबार, ०३ फागुन २०७९
2 Shares

नेपालगञ्ज । करिब ५ लाख रुपैयाँभन्दा बढी नेपाली नक्कली नोटसहित ३ जना पक्राउ परेका छन् । बाँके प्रहरीका अनुसार नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट तीनजना पक्राउ परेका हुन ।

बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले दिएकाे जानकारी अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपेण्डे नगरपालिका–५ का ३० वर्षीय मोहन राना छन्। सो क्रममा उनीहरुबाट १ हजार दरका नक्कली नोट ५६९ थान बरामद भएकाे छ ।

प्रहरीका अनुसार रानाका साथबाट ४१८ थान र कुमाइका साथबाट १५१ थान नेपाली १ हजारको नक्कली नोट बरामद गरिएको छ। नक्कली नेपाली रुपैयाँ बोकेर हिँडिरहेको अवस्थामा तीनैजनालाई मंगलबार साँझ प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।