अर्घाखाँची । अर्घाखाँचीको स्थानीय तह स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७९ यहि फागुन ४ गतेदेखि सुरु हुने भएको छ ।
भुमिकास्थान नगरपालिका
सोमबार नगरपालिका- ८, लम्चीमा रहेको रातापोखरा खेल मैदानमा हुने प्रतियाेगिता ६ फागुनसम्म चल्नेछ ।
जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्डको तयारी तथा खेलाडी छनौंटको रुपमा लिइने यस प्रतियोगितामा छात्र/छात्रा भलिवल, १०० देखि १५ सय मिटर सम्मका छुट्टा–छुट्टै छात्र/छात्रा दौड, छात्र/छात्रा कवडि, छात्र/छात्रा लङजम्प, छात्र/छात्रा त्रिपलजम्प, छात्र/छात्रा हाईजम्प, छात्र/छात्रा सटपुट र छात्र/छात्रा ज्यावलिङ थ्रो जस्ता खेलहरु खेलाईने तय भएको छ ।
प्रतियोगितामा उत्कृष्ट हुनेलाई नगद सहित शिल्ड, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने खेलकुंद तथा शिक्षा शाखा प्रमुख सापकोटाले जानकारी दिएका छन् ।
प्रतिक्रिया