ताजा अपडेट »

यातायात मन्त्रालयमा सरकार र मजदुरबीच वार्ता जारी

मंगलबार, ०२ फागुन २०७९, १० : २२
116 Shares
मंगलबार, ०२ फागुन २०७९
116 Shares

काठमाडौं ।  सरकार र  यातायात मजदुर नेताहरुबीच वार्ता सुरु भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जारी वार्तामा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलनरत मजदुर संगठनको नेताहरुसँग वार्ता सुरु भएको हो ।

हिजो बालाजु क्षेत्रमा भएको आगजानी र तोडफोडको घटना भएकाे थियाे । तीनवटा मजदुर संगठनले आज सवारी साधान नचलाउने निर्णय गरे पछि उनीहरुलाई बार्तामा बोलाएको हो । मजदुर संगठनको हडताल पछि काठमाडौं उपत्यकामा सवारी साधान कमै मात्रा चलेका छन् । जसका कारण यात्रुहरु अलपत्र अबस्थामा छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।