ताजा अपडेट »

राष्ट्रपति भण्डारीसँग भारतीय विदेश सचिव क्वात्राको शिष्टाचार भेटवार्ता

सोमबार, ०१ फागुन २०७९, १७ : १८
16 Shares
सोमबार, ०१ फागुन २०७९
16 Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । 

सोमबार अपरान्ह राष्ट्रपति भवन शीतल निवास पुगेका विदेश सचिव क्वात्राले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । 

यसअघि उनले परराष्ट्र मन्त्री विमला राई पौडेलसँग भेटवार्ता गरेका थिए । सो क्रममा नेपालको विकास र कनेक्टिविटीको विषयमा छलफल भएको मन्त्री राईले जानकारी दिइन् । 

सोमबार बिहान दुईदिने नेपाल भ्रमणमा आएका उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राजनीतिक दलका शीर्ष नेतासँग भेट्ने कार्यक्रम छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।