बुटवल । रुपन्देहीको तिलोत्तमा-४ स्थित सिद्धार्थ माविले सोमबार ‘किड्स डे’ मनाएको छ । नर्सरीदेखि कक्षा ३ सम्म अध्ययन गर्ने विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने लक्ष्यसहित कार्यक्रमको आयोजना गरिएको विद्यालयका सह–प्रचार्यरमेश प्रसाद बस्यालले जानकारी दिए ।
विद्यार्थीलाई सानैबाट सिकाउन सक्यौं भने उनीहरुको सीप क्षमतामा बिकास हुने लक्ष्यसहित साना बालबालिकाहरुको बिभिन्न प्रतिभाहरु कार्यक्रममा प्रस्तुत गरिएको उनले बताए । बालबालिकाहरुको अभिभावक समेत उपस्थिती रहेको कार्यक्रममा विद्यार्थीले कविता, गीत, नृत्य लगायतका प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै विद्यालयक अध्यक्ष रामलाल श्रेष्ठले साना बालबालिका केन्द्रित कार्यक्रमले उनीहरुको क्षमता र सीप पहिचानमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे । विद्यार्थीको अन्तरनिहित क्षेमता पहिचान गरि सोही अनुसार शैक्षिक गतिविधि सञ्चालन गरेकै कारण विद्यालयले उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको उल्लेख गरे ।
कार्यक्रमको अवसरमा गत वर्षको वार्षिक परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गरेका कक्ष नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई प्राचार्य यमबहादुर राना तथा विद्यालयका अध्यक्ष श्रेष्ठले पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए । वार्षिक रुपमा विभिन्न कार्यक्रम गर्दै आएको विद्यालयले आइतबार जिल्ला स्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको थियो ।
यसैगरी विद्यालयले सोही कार्यक्रमको अवसरमा गत वर्षको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने कक्षा ४ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको थियो । यसका साथै विद्यार्थीहरुले आविस्कार गरेका तथा निर्माण गरेका विभिन्न बस्तुहरु प्रदर्शनीमा राखिएको कार्यक्रम संयोजक शंकर पौडेलले जानकारी दिए । जुनियर तर्फ कक्षा नर्सरीदेखि ३ तथा कक्षा ४ देखि कक्षा १२ सम्मका विद्यार्थी लक्षित दुई सेसनमा दुई दिन भएको कार्यक्रमको सञ्चालक शिक्षक मेघराज भट्टराईले गरेका थिए ।
प्रतिक्रिया