ताजा अपडेट »

सामसङ्गले नेपालमा ल्यायो ग्यालेक्सी एस २३ सिरिज

सोमबार, ०१ फागुन २०७९, १३ : ५३
35 Shares
सोमबार, ०१ फागुन २०७९
35 Shares

बुटवल । सामसङ्गले ग्यालेक्सी एस २३ सिरिज नेपाली बजारमा ल्याएको छ। सामसङले चासोका साथ प्रतिक्षा गरिएको आफ्नो सबैभन्दा उत्कृष्ट स्मार्टफोन ‘सामसङ ग्यालेक्सी एस २३’ लन्च गरेको छ। बुटवलको टाइगर प्यालेस रिसोर्ट, बुटवल होटलमा आयोजित एक कार्यक्रममा यो फोन सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

ग्यालेक्सी एस २३ सिरिजका ग्यालेक्सी एस२३, ग्यालेक्सी एस२३+, र ग्यालेक्सी एस२३ अल्ट्रा मोबाइलहरुको अन्भेल सामसङ्गका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल २०२२ प्रियँका रानी जोशीद्वारा संयुक्तले सार्वजनिक गरेका हुन् । समारोहमा आमन्त्रीत अतिथिहरुले सामसङ्गको नवीनतम उत्पादनको बारेमा जानकारी लिन व्यग्रता प्रदर्शन गरेका थिए ।

सामसङ्गका निर्देशक प्रणय रत्न स्थापितले भने “ग्यालेक्सी एस२३ सिरिजमा हरेक फोटो अतुल्य बनाउन, ग्यालेक्सी एस२३ अल्ट्रामा नयाँ २०० मिलियन पिक्सल क्यामराका साथ हाम्रो सबैभन्दा उत्कृष्ट मोबाइल प्रविधि जडित छ, जसले तपाईंको संसारलाई शार्पर फोकसमा ल्याइदिन्छ । यसमा भएको अत्यन्त शक्तिशाली स्न्यापड्रागन ८ जेन २ ले दिने गेमिङ्ग एक्सपेरियन्स्लाई कसैले मात दिन सक्दैन । हामी नेपालमा ग्यालेक्सी एस२३ प्रस्तुत गर्न पाउँदा अत्यन्त उत्साहित भएका छौं, जुन एक अल्तिमेट प्रिमियम स्मार्टफोन हो, जसले ग्रहकहरुलाई आज र भविष्यको आवश्यकता र चाहनालाई अघि बढाउन मद्दत गर्नेछ ।”

ग्यालेक्सी एस २३ स्मार्टफोनहरु यसभन्दा अघि कहिल्यै नगरिएको प्रिमियम एक्स्पेरियस्‌का लागि डिजाइन गरिएका छन्। ग्यालेक्सी एस २३ सिरिजमा असाधारण क्षमताका क्यामराहरु जडान गरिएको कम्पनीले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।