ताजा अपडेट »

राष्ट्र बैंकको निर्देशन- सार्वजनिक बिदा भए पनि आज बैंक खोल्नू

सोमबार, ०१ फागुन २०७९, ११ : ०६
32 Shares
सोमबार, ०१ फागुन २०७९
32 Shares

काठमाडौं । सरकारले साेमबार सार्वजनिक बिदा  दिएकाे छ । तर, बैंकहरु खाेल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएकाे छ । जनयुद्ध दिवसको अवसरमा सरकारले साेमबार सार्वजनिक बिदा दिएकाे हाे ।

तर, नेपाल राष्ट्र बैंकले सोमबार बिहान १० बजेदेखि १ः३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखेर सेवा सुचारू गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएकाे हाे । राष्ट्र बैंकले साेमबार नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएस लगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको छ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।