ताजा अपडेट »

लुम्बिनी प्रादेशिक अस्पतालको 'संकट व्यवस्थापन केन्द'मा हिंसा पीडितको पहुँच बढ्दै

सोमबार, ०१ फागुन २०७९, ०८ : ३९
40 Shares
सोमबार, ०१ फागुन २०७९
40 Shares

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसी अहिले पीडितहरुको सहारा बन्दै गएको छ । २०७४ सालदेखि सुरु भएको अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्रले पछिल्लो समयमा लैगिंक तथा यौनिक हिंसाका पीडितहरुलाई स्वास्थ्यमा पहुँच पुर्याउनका लागि विश्वास जित्दै आएको हो ।

बुटवल ११ की कविता थापा (नाम परिवर्तन) ६ वर्षकी भइन् । स्थानीय विद्यालयमा १ कक्षामा पढ्दै गरेकी थापालाई नाताले आफ्नै फुपाजु पर्नेले गत साउन २२ गते बलात्कार गरे । बलात्कारबाट पीडित बालिकाका अभिभावकले न्यायका लागि इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिए । बालिकाको लुम्बिनी प्रादेशिक अस्पतालको ओसिएमसी मार्फत ४ दिन भर्ना गरेर उपचार भयो । यौनाङ्ग च्यातिएकी बालिका अहिले पनि छोरा मान्छे देख्दा तर्सन्छिन् । बालिकाकी आमा आँखाभरी आँसु झाँर्दे भन्छिन् “यो अधर्मी अपराधीले झण्डै मारेन” त्यसपछि बोल्नै सकिनन् । अहिले पनि बालिका विद्यालय जान सकेकी छैनन् ।

थापा मात्र होइन गैडहवा गाउँपालिकाकी १३ वर्षीया सोना यादव (नाम परिवर्तन) बौद्धिक अपांगता भएकी बालिका हुन् । स्थानीय १९ वर्षीय भानुभक्त घर्ती मगरले फागुन ८ गते बलात्कार गरेको भन्दै आरोपित विरुद्ध पीडितका अभिभावकले फागुन ९ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा जवरजस्ती करणी सम्बन्धी कसुरमा उजुरी दिए । पीडितको उपचार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भयो । अहिले बलात्कारबाट पीडित बालिका मानसिक समस्या भोगिरहेकी छन् । “पीडितका बाबु भन्छन् छोरीको अवस्था नाजुक छ, कहिले चिच्याउने र छोरा मान्छे देख्दा डराउने गर्छिन्, अपराधीले मेरो अपांगता भएकी छोरीलाई नि छोडेन ।’ आँखाभरी आँसु पार्दे भने ।

अहिले उपचार तथा परामर्शपछि केही राम्रो छ । अपांगता भएकी छोरीको न्यायका लागि उनी कहिले प्रहरी त कहिले अदालत धाइरहेको बताउँछन् । थापा र यादव मात्र होइन यस्ता धेरै पात्रहरु छन जसले विभिन्न खालका यौन हिंसा भोगेर ओसिएमसीमा निःशुल्क रुपमा सेवा लिएका छन् । बुटवल देवीनगरकी बसन्ती क्षेत्री भन्छिन् ‘पहिलाभन्दा अहिले ओसिएमसी सेवामा धेरै सुधार भएको छ, तर पनि सुधार गर्नुपर्ने कुरा धेरै छन् । पहिला ओसिएमसी छ त्यहाँ निशुल्क उपचार हुन्छ भन्ने धेरैलाई जानकारी थिएन । अहिले विस्तारै थाहा पाउन थालिएको छ । सेवामा पनि सुधार छ, डाक्टर र नर्सको व्यवहार पनि पहिलाको तुलनामा सुधार भएको छ ।’

देवदह नगरपालिकाकी १७ वर्षीया सुवेक्षा र १९ वर्षीया दीपिका (नाम परिवर्तन) दिदी-बहिनी हुन् पाँच महिना अगाडी आमाको मृत्यु भएका दिदी–बहिनीले आमा गुमाएको १७ औ दिनदेखि आफ्नै बाबुबाट पटक-पटक बलात्कारको शिकार भइरहे । ‘कसैलाई भने भाइ र दिदी–बहिनीलाई नै मारिदिन्छु ।’ भन्ने धम्की दिएपछि दिदी–बहिनी लामो समय यौन हिंसाको शिकार भैरहे । हिंसाले चरम सीमा नाघेपछि उनीहरुले छिमेकीको सहयोगमा इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिए । अहिले आरोपित बाबु पुपक्र्षका लागि कारागारमा छन् । पीडित दीपिकाले आँखा भरी आँसु झार्दे भनिन् “आमा मरेपछि बाबु भन्ने जात आफ्नो नहुँदोरहेछ” सुक्क सुक्कगर्दे हामी कति अभागी रहेछौं । आमा गुमाए पनि बाबुलाई हेरेर मन बुझाउ भन्ने भएन के गर्ने, यो पापीले सबै सपना हरण उर्यो ।’-फेरि भक्कानिइन बोल्नै सकिनन् ।

यी प्रतिनिधिमूलक पात्रहरु मात्र हुन । यस्तो पीडा खेप्ने धेरै छन जसले देखेका सपनाहरु चकनाचुर भएका छन् । यस्ता घटनाले छोरीहरु कहाँ सुरक्षित छन ? भन्ने प्रश्न जन्माएको छ । एकद्वार संकट व्यवस्थापन केन्द्रले लैगिंक हिंसाबाट प्रभावित महिला, बालबालिका तथा पुरुषहरुलाई एकिकृत रुपमा विना भेदभाव गुणस्तरीय स्वास्थ्य सेवा, चिकित्साजन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पूर्नरस्थापना, जीविको पार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले देशमा तोकिएका जिल्लाका केन्द्र, प्रदेश वा जिल्ला अस्पतालहरुमा स्थापनागरिएको (संयन्त्रहो) संकट व्यवस्थापन केन्द्र हो ।

ओसिएमसी सेवाका लागि बलात्कार, यौनजन्य दुर्व्यवहार, शारिरीक दुर्व्यवहार, जवरजस्ती बाल विवाह, स्रोत साधन र अधिकारबाट बञ्चित, मानसिक दुर्व्यवहार, परम्परागत रुढीबादी परम्पराका आधारमा गरिने भेदभावबाट पीडित भएका व्यक्तिहरु सेवा लिनआउने गर्दछन् ।
ओसिएमसी सेवा केन्द्रमा हिंसा पीडित वा प्रभावितको स्वास्थ्य सम्बन्धी विवरण संकलन, परीक्षण, उपचार, अभिलेखिकरण गर्ने, शारिरीक चोटपटकको उपचार तथा चिकित्साजन्य जाँचगर्ने, कानूनी प्रमाणका लागि विधिविज्ञान (फसेन्सिकइग्जामिनेशन)तथा चिकित्सा सम्बन्धी कानूनी (मेडिकोलिगल) परीक्षण गर्ने गराउने, कानूनी प्रमाणका लागि आवश्यक पर्ने नमूनाको संकलन एवं संरक्षण गर्ने, गर्भ परीक्षण तथा आकस्मिक गर्भ निरोधक सेवा उपलब्ध गराउने, सुरक्षित गर्भपतन सेवा प्रदान गरिन्छ ।

त्यस्तै गरी सुरक्षा, कानूनी उपचार तथा आश्रय र पुर्नस्थानाको लागि व्यवस्था मिलाउने, यौनजन्य संक्रमणको उपचार गर्ने, एचआईभी जाँच तथा परामर्श सेवा उपलब्ध गराउने, हेपाटाइटिस बीबाट बचावट गर्ने, प्रभावितलाई मानसिक स्वास्थ्य उपचार तथा मनोसामाजिक परामर्श सेवाप्रदान गर्ने, लैङ्गिक हिंसा पीडित वा प्रभावितहरुको पहिचान तथा उपचारका लागि तयार गरिएको क्लिनीकल प्रोटोकल अनुसार सेवा उपलब्ध गराउने, आवश्यकता अनुसारको प्रेषण तथा अन्य सेवा उपलब्ध गराउने जस्ता सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

ओसिएमसी सेवा चौबिसै घण्टा निःशुल्क स्वास्थ्य सेवा, खाना, छाना र नाना सहितको आधारभूत सेवा उपलब्ध गराउँदै आएको छ । सेवा केन्द्रमा आएका घटनाहरुको विश्लेषण गर्दा आर्थिक वर्ष ०७६/०७७ मा ५५ जनाले सेवा लिएका छन् । जसमध्ये १५ देखि १८ वर्ष उमेर समुहका संख्या ७जना, १९ वर्षदेखि ४९ वर्ष उमेर समूहका ४६ जना र ६० वर्ष माथिका २ जना गरी जम्मा ५५ जनाले सेवालिएको ओसिएमसी फोकल पर्सन कान्ति पाण्डेले बताइन् ।

यस्तो छ पछिल्लो ३ वर्षको तथ्याङ्क

ओसिएमसीमा कार्यरत स्टाफनर्स दिप्ती थापाले ओसिएमसी सेवालाई प्रभावकारी बढाउनका लागि आफूहरुले हदैसम्मको प्रयास गरिरहेको दाबी गरिन् । पीडितलाई न्यायमा पहुँच पुर्याउनका लागि र उनीहरुको मानसिक स्वास्थ्यलाई सन्तुलन गराउने गरी काम गरेकाले विगतको वर्षको तुलनामा हिंसा पीडितको संख्या बढेको बताइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।