बुटवल । बुटवलमा भएको नवौ नेशनल प्याब्सन खेलकूद महोत्सवको उपाधि सैनामैनाको सुनगाभा पब्लिक माबिले जितेको छ । विभिन्न खेल इभेन्टबाट १३१ अंक पाएको सुनगाभाले उपाधी लगेको हो । शनिबार र आइतबार गरि दुई दिन भएको खेलकूद महोत्सवमा देवदहको सगरमाथा आवासीय माविलाई ३५ अंकले पछाडि पार्दै सुनगाभाले जित निश्चित गरेको हो ।
उपाधिसँगै सुनगाभाले शिल्ड मेडल तथा प्रमाण पत्र प्राप्त गरेको छ । खेलकुद महोत्सवमा ९६ अंक पाएको सगरमाथाले द्वितीय स्थान हात पारेको छ । द्वितीय भएको सगरमाथाले शिल्ड मेडल तथा प्रमाण पत्र प्राप्त गर्यो । यस्तै बुटवलको स्कलर्स होम बोर्डिङ स्कुल तृतीय बन्यो । ६९ अंक प्राप्त गरी तृतीय बनेको स्कलर्स होमले पनि शिल्ड मेडल तथा प्रमाण पत्र प्राप्त गर्यो ।
विजयी विद्यालय तथा विद्यार्थी पुरस्कार बितरण गर्दै नेशनल प्याब्सनका केन्द्रिय सल्लाहकार राजु गुरुङ्गले संस्थागत विद्यालयले खेलकूदको क्षेत्रमा ठूलो जनशक्ति उत्पादन गरेको उल्लेख गर्दै राज्यले यसको मुल्यांकन गर्नु पर्ने सुझाव दिए । उहाले सामुदायिक र संस्थागत विद्यालयप्रति गर्ने दोहोरो ब्यवहारको अन्त्य गर्न जोड दिँदै विजयी तथा उत्कृष्ट खेलाडी विद्यार्थीलाई बधाई तथा शुभकामना दिए । नीजि तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (नेशनल प्याब्सन) का रुपन्देही अध्यक्ष पुरुषोत्तम बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेश्नल प्याब्सनका केन्द्रीय सदस्य देउप्रकाश राई, बालाकृष्ण तिवारी, प्रदेश सहसचिव जेबी क्षेत्री, जिल्ला उपाध्यक्ष बिल गुरुङ, कोषाध्यक्ष अमरनाथ पाठक, कालिका मानव ज्ञान माविका लोकराज घिमिरे, खेलकूद महोत्सव कार्यक्रम संयोजक बिनोद थापा मगर लगायतले विजय विद्यार्थी तथा विद्यालयलाई बधाई तथा शुभकामना दिए ।
दुई दिन चलेको खेलकूद कार्यक्रममा नेश्नल प्याब्सनसँग आवद्ध ५७ विद्यालयबाट छनोटमा परेका २९ विद्यालयका १२ सय बढी विद्यार्थीमा सव जुनीयरतर्फ २३२ जना, जुनीयरतर्फ ३९२ र सिनीयरतर्फ ५४० विद्यार्थीले ४० इभेन्टमा प्रतिस्प्रर्धा गरेको नेश्नल प्याब्सनका सचिब बाबुराम बन्जाडेले जानकारी दिए ।
प्रतिक्रिया