ताजा अपडेट »

तिलोत्तमाको प्यारामाउण्ट माविमा जिल्ला स्तरीय रनिङशिल्ड हाजिरिजवाफ

आइतबार, २९ माघ २०७९, १८ : ४१
34 Shares
आइतबार, २९ माघ २०७९
34 Shares

बुटवल । प्यारामाउण्ट अन्तर माविजिल्ला स्तरिय रनिङ शिल्ड हाजिरि जवाफप्रतियोगिताको उपाधि बुटवलको एभरेष्ट माध्यमिक विद्यालयले जितेको छ । तिलोत्तमा–१ मा रहेको प्यारामाउण्ट माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न प्रतियोगितामा ४० विद्यालयलाई पछि पार्दै एभरेष्टले उपाधि हात पारेको हो ।

प्रतियोगितामा गत सिजनको विजेता न्यू होराईजन बोडिङ स्कूल द्धितीय भयो । त्यसैगरी सिद्धार्थ मेमोरियल ईङलिस स्कुल तृतीय भयो । ज्ञानपुञ्ज बोडिङ स्कुल र प्रभात बोर्डिङ स्कुल शान्त्वना हुन सफलभए । विजयी विद्यार्थीलाई तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांण, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण प्रसाद सापकोटा, विद्यालयका संस्थापक प्राचार्य दामोदर भुसाल, तिलोत्तमा–१ का वडा अध्यक्ष फर्सुराम गिरी लगाएतले पुरस्कार वितरण गरेका थिए ।

सो अवसरमाबोल्दै नगर प्रमुख रामकृष्ण खांणले नगर भित्र रहेका सामुदायिक एवं संस्थागत विद्यालयहरुको शैक्षिक उन्नयनका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताए । विद्यालयका संस्थापक प्राचार्य दामोदर भुसालले विद्यार्थीहरुको बौद्धिक क्षमतालाई प्रस्फोटित गर्ने उद्देश्यले हरेक वर्ष जिल्ला स्तरीय रनिङ शिल्ड हाजिरिजवाफ प्रतियोगिताको आयोजनागर्दै आएको बताए । ४० वटा विद्यालय सहभागी रहेको प्रतियोगितामा पहिलो चरणमा प्रतिस्पर्धाबाट उत्कृष्ट ४ विद्यालय दोस्रो चरणमा प्रवेश गरेका थिए भने पुर्व विजेता न्यू होराईजन सिधै उत्कृष्ट ५ मा पुगेको थियो ।

२०५२ सालदेखि हाजिरिजवाप mप्रतियोगिता गर्दै आएको प्यारामाउण्ट विद्यालयमा हाल २ हजार ५ सय विद्यार्थी रहेका छन् ।
प्रतियोगिताको उद्घाटन सत्र शिक्षक दिवाकर पन्थीले गरेका थिए भने शिक्षकहरु अर्जुन बस्याल, कमल ढकाल, मोहन केसी र किसन भट्टराईले हाजिरिजवाफको कार्यक्रम सञ्चालन गरेकाथिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।