ताजा अपडेट »

राष्ट्रपति रनिङ शिल्ड पिपलडाँडा देविस्थान माविले उचाल्यो

आइतबार, २९ माघ २०७९, ११ : ०९
38 Shares
आइतबार, २९ माघ २०७९
38 Shares


खोटाङ  ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा आयोजित नगर स्तरिय तेश्रो अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड पिपलडाँडा देविस्थान मावि मंगलटारले उचालेको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार खेलमैदानमा शनिबार सम्पन्न प्रतियोगितामा ७ स्वर्ण, २ रजत र ५ कास्य गरी कुल १४ पदक सहित पिपलडाँडा देवीस्थान माबिले प्रथम उपाधि उचालेको हो । 

माघ २५ गतेदेखि माघ २८ गतेसम्म सञ्चालन भएको प्रतियोगीतामा सरस्वती मावि अर्खौले ५ स्वर्ण, ६ रजत र ३ कास्य गरी कुल १४ पदकसहित दोश्रो र ज्योति मावि राजापानी ५ स्वर्ण, ३ रजत र २ कास्य गरी कुल १० पदक सहित तेश्रो भएका छन् । 

 प्रतियोगितामा महेन्द्रोय माविले ५ स्वर्ण र ३ कास्य, च्यास्मिटार माविले ३ स्वर्ण, ६ रजत र ७ कास्य, दुर्छिम माविले २ स्वर्ण, ३ रजत र १ कास्य, बुलापन्थे माविले २ स्वर्ण र २ रजत पदक जितेका छन् ।

यस्तै, दाम्ली माविले १ स्वर्ण, ४ रजत र २ कास्य, लक्ष्मी माविले २ रजत र ३ कास्य, जनता मावि र कालिका माविले १ रजत र १ कास्य पदक जितेको नगरपालिकाका शिक्षा शाखा प्रमुख पदमबहादुर कार्कीले जानकारी दिए । प्रतियोगिताका स्वर्ण पदक जित्ने खेलाडीले जिल्ला स्तरीय प्रतियोगितामा खेल्न पाउनेछन् ।

विजेता विद्यालय तथा खेलाडीलाई हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई, उपमेयर रमेश राउत लगायतले शिल्ड, मेडल र प्रमाण–पत्र हस्तान्तरण गरेका छन् । प्रतियोगीतामा नगरपालिका भित्रका १३ वटा विद्यालयका ४५६ जना खेलाडीले प्रतिष्पर्धा गरेका थिए । 

केन्द्रबाट प्राप्त भएको एक लाख अपुग भएपछि नगरपालिकाले थप चार लाख व्यवस्था गरेर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरेको हो । प्रत्येक विद्यालयलाई प्रतियोगितास्थल आउन–जान र अन्य व्यवस्थापन खर्च पनि उपलब्ध गराइएको कसजूले बताए । दूरीको आधारमा विद्यालयलाई ३० हजारदेखि ५० हजारसम्म खर्च उपलब्ध गराइएको छ । 

नगरस्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोश्रो संस्करणको उपाधि महेन्द्रोदय मावि महादेवस्थान र पहिलो संस्करणको उपाधि दुर्छिम मावि दुर्छिमले उचालेको थियो ।

विगत दुई वर्ष गरिएको नगर स्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तुलनामा तेश्रो संस्करणमा सतप्रतिशत विद्यालयको सहभागीता रहेको मेयर राईले बताइन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।