ताजा अपडेट »

कोरोनाबाट अहिलेसम्म नेपालमा १२ हजार २० जनाको मृत्यु

शनिबार, २८ माघ २०७९, ०८ : ०७
36 Shares
शनिबार, २८ माघ २०७९
36 Shares

काठमाडौं । कोरोना भाईरस संक्रमणबाट  अहिलेसम्म नेपालमा १२ हजार २० जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालया अनुसार ६० लाख ७ हजार १ सय ३७ जनाको पिसिआर परिक्षण गरिएको छ भने एन्टिजेन १५ लाख २ हजा ५ सय ७६ जनाको गरिएको छ । 

अस्पतालमा आएका मध्ये ९८  लाख ९ हजार ८७ जना उपचार निको भाई घर फर्केका छन । खोप अभियान सुरु भए देखी अहिलेसम्म ५ करोड ३५ लाख ६ हजार २ सय ७ खोप लगाईसकिएको छ ।  

उता, हिजो मात्र देशभर तीनजना कोरोनाका संक्रमित थपिएका थिए । एक हजार ८५ वटा नमूना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार एकजना संक्रमणमुक्तसमेत भएका छन् । 

देशभर अहिले ६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।