ताजा अपडेट »

संघीय संसदमा राष्ट्रपति भण्डारी सम्बोधन- उत्पादन वृद्धिमा सरकारले काम गर्ने अपेक्षा

शुक्रबार, २७ माघ २०७९, १५ : ३७
40 Shares
शुक्रबार, २७ माघ २०७९
40 Shares

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनलाई सम्बोधन गरिरहेकी छन् । 

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बसेको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र सुधारका लागि सरकारले उत्पादन वृद्धिको क्षेत्रमा काम गर्ने विश्वास लिएकी छन् । 

प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकलाई सम्बोधन गरेकी उनले रासायनिक मलको सहज र माटोको अम्लियपना कम गरेर उत्पादन वृद्धिमा काम गर्नुपर्ने बताइन् । 

उत्पादनसँगै बजार व्यवस्थापन, लागत मूल्य किसानले पाउनुपर्ने उनको भनाइ छ । युवालाई देशभित्र कृषि क्षेत्रमा काम गर्न सक्ने वातावरण बनाउनुपर्ने भन्दै उनले प्रविधिमा आधारित कृषि क्षेत्रको विकासमा जोड दिइन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।