ताजा अपडेट »

माओवादी केन्द्रमा वरीयता निर्धारण, जनार्दनभन्दा वर्षमान अगाडि

विहीबार, २६ माघ २०७९, १४ : ५९
21 Shares
विहीबार, २६ माघ २०७९
21 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी र स्थायी समिति सदस्यहरुको वरीयता निर्धारण गरेको छ । यही माघ १२ देखि २१ गतेसम्म बसेको स्थायी समिति बैठकले नेताहरुको वरीयता निर्धारण गरेको हो । 

जसअनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो वरीयतामा रहँदा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दोस्रो वरीयतामा परेका छन् । त्यसपछि उपाध्यक्षहरु कृष्णबहादुर महरो, अग्निप्रसाद सापकोटा र पम्पा भुसाल क्रमश वरीयतामा परेका छन् । यसपछि महासचिव देवप्रसाद गुरुङ छन् । 

उपमहासचिवको वरियतामा निर्धारण गर्दा जनार्दन शर्माभन्दा अगाडि वर्षमान पुन परेका छन् । उपमहासचिवमा क्रमशः गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका यादवको वरीयता निर्धारण गरिएको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।