ताजा अपडेट »

महाधिवेसनको बर्ष दिन पछि माओवादीले दियो केन्द्रीय समितिलाई पुर्णता (सुचीसहित)

विहीबार, २६ माघ २०७९, १० : २५
139 Shares
विहीबार, २६ माघ २०७९
139 Shares

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता दिएको छ ।

गत बुधवार बसेको स्थायी कमिटी बैठकले पार्टी महाधिवेसन सम्पन्न भएको एक बर्ष पछि केन्द्रिय समितिलाई पुर्णता दिएको छ । जसअनुसार २२ सदस्यीय पदाधिकारी, ४४ सदस्यीय स्थायी समिति तथा ३८६ सदस्यीय केन्द्रीय समिति चयन भएका छनु  ।

साथै, बैठकले पूर्वसभामुख अग्नि सापकोटा र पम्फा भुसाललाई उपाध्यक्षमा मनोनीतसमेत गरेको छ ।

यस्तै बैठकले २०२ सदस्यीय वैकल्पिक केन्द्रीय समिति पनि मनोनयन गरेको छ । केन्द्रिय समितिले पुर्णता पाएसँगै आजै केन्द्रिय समिति बैठक पनि आब्हान गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।