ताजा अपडेट »

राष्ट्रपति भण्डारीद्धारा २८ माघमा रात्रिभोजको आयोजना

बुधबार, २५ माघ २०७९, १६ : ४९
28 Shares
बुधबार, २५ माघ २०७९
28 Shares

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रिभोज आयोजना गर्ने भएकी छिन्।राष्ट्रपति भण्डारीले माघ २८ गते ३ बजे राष्ट्रपति कार्यालय शितल निवासमा रात्रीभोजको आयोजना गर्ने भएकी हुन ।संघीय संसदका सांसद्‍हरुलाई भण्डारीले भोजका लागि मोबाइल म्यासेजमार्फत निम्तो दिएकाे जनता समाजवादी पाटी नेपालका सा‌सद राजकिशाेर यादवले जानकारी दिए । 

राष्ट्रपतिले आयोजना गर्ने उत्त रात्रि भाेजमा जमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, संबैधानिक निकायका उचच अधिकारी कुटनीतिक नियाेगका पमुखहरु उपस्थित हुनेछन् ।आगमी २७ गते संघीय संसद प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुलाई संयुक्त सम्बोधन गरेको भोलीपल्ट राष्ट्रपति भण्डारीले रात्रीभोजको आयोजना गर्न लागेकी हुन ।

नेपालको संविधानले दुई पटक भन्दा राष्ट्रपति हुन नसक्ने जनाएपछि यसलाई बिदाई भोजको रुपमा हेरिएको छ ।निर्वाचन आयोगले २८ फागुनमा राष्ट्रपति निर्वाचनको घोषणा गरिसकेको छ । जसअनुसार मुलुकले राष्ट्रपतिमा तेस्रो नयाँ अनुहार पाउनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।