ताजा अपडेट »

एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भए ‘सम्माननीय कठपुतली राष्ट्रपति’ बन्ने : गगन थापा

बुधबार, २५ माघ २०७९, १६ : ४३
40 Shares
बुधबार, २५ माघ २०७९
40 Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेले प्रस्ताव गरेको व्यक्तिलाई राष्ट्रपतिमा निर्वाचित गर्न नहुने जिकीर गरेका छन् । 

लोकतन्त्र संवाद केन्द्र काठमाडौंले बुधबार आयोजना गरेको ‘ आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले एमालेबाट प्रस्तावित व्यक्ति राष्ट्रपति भए संविधानले नदिएको शक्तिको अभ्यास हुने दाबी गरेका हुन् । 

विगतमा भएका प्रतिनिधिसभा विघटन हुँदा र अड्किएका विधेयक र अध्यादेशलाई नियल्दा एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भएमा ‘सम्माननीय कठपुतली राष्ट्रपति’ बन्ने उनको टिप्पणी छ ।

राष्ट्रपतिलाई एमालेले आफ्नो कार्यकर्ता बनाएको आरोपसमेत लगाएका महामन्त्री थापाले अब पनि एमालेले प्रस्ताव गरेको व्यक्तिलाई राष्ट्रपति बनाउन नहुने जिकीर गरे । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।