पुस १८,
ग्लोबल आवाज
बुटवल । नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयको ४४ औ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा शुक्रबारबाट खेलकूद कार्यक्रम सुरु भएको छ । कार्यक्रम शुभारम्भ गर्दै प्रदेश सभा सदस्य दीपा वि.क.ले विद्यार्थीहरुमा अनुशासन अति आवश्यक रहेको बताउँदै खेलकूदले विद्यार्थीहरुमा अनुशासन कायम राख्ने बताइन् ।
सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासमा राज्यले पनि प्रयाप्त लगानी गर्नु पर्ने धारणा व्यक्त गरिन् । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष मदन विष्ट, विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेत र व्यवस्थापन संकायका इन्चार्ज अर्जुन खनाल लगायतले भनाई राखेका थिए । उक्त अवसरमा प्रदेश सभा सदस्य दीपा वि.क.ले विज्ञान, सिभिल इन्जिनियरिङ र व्यवस्थापन संकायका विद्यार्थी सहभागी कार्यक्रममा सटपुट फालेर खेलकुदको शुभारम्भ गरेकी थिइन् ।
विद्यालयले पौष २२ गते मंगलबार प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीको प्रमुख आतिथ्यतामा ४४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवश -२०७६ मनाउने प्रधानाध्यापक बस्नेतले जानकारी दिए । साथै माघ २ देखि ५ गतेसम्म एन्फा एकेडेमी सेन्टर देवीनगरमा सञ्चालन हुने बुटवल नगर खेलकूद विकास समितिको आयोजना तथा नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.को सह–आयोजनामा प्रथम बुटवल उपमहानगर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७६ लाई लक्षित गरि विभिन्न विधामा खेलकुद संचालन गरिने विद्यालयले जनाएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेलको सभापतित्वमा तथा खेल शिक्षक सन्तोष पछाईको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया