ताजा अपडेट »

सेयर बजार ७६.६४ अंकले बढ्याे

मंगलबार, २४ माघ २०७९, १५ : ४७
26 Shares
मंगलबार, २४ माघ २०७९
26 Shares

काठमाडौं। मंगलबार नेप्से परिसूचक ७६.६४ अंकले बढेको छ। यसदिन नेप्से ३.६५ प्रतिशतले बढेर २१७७.३४ बिन्दुमा बन्द भएको छ। नेप्से परिसूचक बढेसंगै कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ ।

सोमबार १ अर्ब ४७ करोड ४१ लाख ६१ हजारको सेयर कारोबार भएको थियो । मंगलबार २६० वटा कम्पनीको ९३ लाख ३३ हजार ७८८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३६ करोडभन्दा बढी रुपैयाँको करोबार भएको छ ।

मंगलबार, बरुन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, राधी विद्युत् र आदर्श लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ। 

यसैगरी एनआईसी एसियाबैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकले १२ करोड ९२ लाख भन्दा बढी रुपैयाँ कमाएको छ । त्यस्तै,  कारोबारमा आएका १३ वटा उपसुचकहरुमा उकालो लागेर हरियाली छाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।