टर्की। टर्कीमा गएकाे भूकम्पकाे १०९ वटा पराकम्प जाँदा तीन शक्तिशाली गएकाे छ । टर्कीलाई केन्द्रविन्दु बनाएर साेमबार ७.८ म्याग्निच्युडकाे शक्तिशाली भूकम्प गएकाे थियाे । साे भूकम्पकाे ३६ घण्टामा १०९ वटा पराकम्प जाँदा तीनवटा पराकम्प ७.५ म्याग्निच्युडकाे मापन गरिएको छ।
पछिल्लाे विवरणअनुसार साे भूकम्पबाट पाँच हजार मानिसले ज्यान गुमाइसकेका छन् भने ५६ सयभन्दा बढी घर तथा कार्यालयहरु ध्वस्त भएकाे अधिकारीहरुले जनाएका छन् । भग्नावशेषबाट जीवित रहने आशामा निरन्तर प्रयत्न गरिरहेका उद्धार टोलीका सदस्यले पानी परेसँगै बढेकाे चिसाेका कारण उद्धार कार्यमा समस्या भएकाे बताएका छन् ।
प्रतिक्रिया