ताजा अपडेट »

सुनको मूल्यमा २ हजार रुपैयाँले घट्यो

आइतबार, २२ माघ २०७९, १२ : ३२
31 Shares
आइतबार, २२ माघ २०७९
31 Shares

काठमाडौं । सुनको मूल्य आइतबार तोलामा २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला  १ लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार छापावाल सुन १ लाख ६ हजार १०० रुपैयाँ कायम भएको थियो ।

तेजावी सुनको मूल्य आइतबार तोलाको १ लाख ३ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार तेजावी सुनको मूल्य  तोलाको १ लाख ५ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो ।  आइतबार चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ । आइतबार चाँदीको मुल्य तोलाको १३ सय २० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १३ सय ६५ रुपैयाँ कायम रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।