ताजा अपडेट »

अयोध्यामा नेपाल हाउस बनाउन पूर्वसांसद अभिषेक प्रताप साहको आग्रह

शुक्रबार, २० माघ २०७९, ११ : ५२
14 Shares
शुक्रबार, २० माघ २०७९
14 Shares

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा पुर्व सांसद अभिषेक प्रताप शाहले अयोध्यामा ‘नेपाल हाउस’ बनाउन आग्रह गरेका छन् । 

भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेर साह नेतृत्वको चार सदस्यीय नेपाली टोलीले अयोध्यामा नेपाल हाउस बनाउन आग्रह गरेको हो । 

बिहीवार मुख्यमन्त्रीको सरकारी निवासमा भएको भेटवार्तामा साहले अयोध्यामा नेपाल हाउस बनाउन गरेको प्रस्तावप्रति मुख्यमन्त्री आदित्यनाथले सकारात्मक रहेको भेटमा सहभागी नेपाल फाउन्डेसनका अध्यक्ष विकास ठाकुरले जानकारी दिए । 

ठाकुरका अनुसार मुख्यमन्त्री आदित्यनाथले अयोध्यामा नेपाल हाउस बनाउने प्रतिबद्धता पनि जनाएका छन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।