बुटवल । मिलीजुली बचत तथा ऋण सहकारी तिनाउ पाल्पाले आफ्ना नयाँ सदस्यहरुका लागि बिहिवार दाेभानमा एक दिवसीय सहकारी शिक्षा दिएकाे छ । मिलीजुली सहकारी गठनकाे उद्देश्य, सहकारीका सिद्धान्त, मूल्यमान्यता, नीति नियम र आर्थिक रुपमा सहकारीले समाजमा पारेकाे प्रभाव सम्बन्धि विषयमा सहकारी अभियन्ता दलबहादुर गुरुङले सहजीकरण गरेका थिए ।
उनले सहकारीमा गरिने बचत र कर्जाका नियमका साथै कर्जा लिदा आवश्यक कागजातका बारेमा समेत प्रष्ट पारेका थिए । साे सहकारी शिक्षा कार्यक्रममा उक्त सहकारीका अध्यक्ष रवीन्द्र पाैडेलले आफ्नाे सहकारी सहकारीकाे मूल्यमान्यता र सिद्धान्तमा रहेर सञ्चालन रहेकाे, सदस्यहरुकाे आवश्यकतालाई आधार मानेर उद्यमशीलतामा जाेड दिन थालेकाे र सदस्यहरुले आफ्नाे सहकारीका प्रगतिका बारेमा सदैव चिन्तन गर्न अनुराेध गरेका थिए । सहकारी शिक्षाले आफूहरुलाई आफ्नाे सहकारीका बारेमा छर्लङ्ग भएकाे र आगामी दिनमा समेत गरिखाने शिक्षामा जाेड दिन सहभागीकातर्फबाट दिनेश जीसीले अनुराेध गरेका थिए ।
प्रतिक्रिया