बुटवल । सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । नागरिक उन्मुक्ति पार्टीका कैलाली – २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई बाँके प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको नागरिक उन्मुक्ति पार्टीका नेता ठाकुरसिंह थारुले बताए ।
ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो । त्यो फैसला कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया