ताजा अपडेट »

अमेरिकाबाट नेपालको उच्चस्तरीय भ्रमण तय, यूएसएआईडीकी प्रमुख पावर आउँदै

बुधबार, १८ माघ २०७९, १३ : १५
24 Shares
बुधबार, १८ माघ २०७९
24 Shares

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआईडी)की प्रमुख सामन्था पावर नेपाल भ्रमणमा आउने भएकी छन्।

अमेरिकी सरकारको मन्त्रीसरह मानिने यूएसएआईडीकी प्रमुख पावर फेब्रुअरीको पहिलो हप्तामै नेपाल भ्रमणमा आउने भएकी हुन् । राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्ड नेपाल भ्रमणबाट सकेर फर्केको एक साता नबित्दै उच्च अमेरिकी अधिकारी नेपाल आउन लागेकी हुन्।

पावल राष्ट्रिय सुरक्षा परिषदकी सदस्य पनि हुन् । यसै सातामात्र राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्डले नेपाल भ्रमण गरेर उच्चस्तरीय राजनीतिक भेटघाट गरेकी थिइन् । पावलले भ्रमणका क्रममा सबै पक्षहरूसँग भेटघाट र छलफल गर्ने यूसएआईडीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।