पुस १७,
ग्लोबल आवाज
बुटवल । बीस लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सहित नेपाल भ्रमण वर्ष २०२० सुरु भएको छ । यस अवसरमा विभिन्न संघसंस्थाहरुले विभिन्न कार्यक्रमहरु गरीरहेका छन् । भ्रमण वर्षलाई लक्षित गरि बुटवलमा ३ दिने दोस्रो सडक खाना महोत्सव बुधबार सम्पन्न भएको छ । यसै सन्दर्भमा रुपन्देहीको बुटवल- ११, कालिकानगरमा रहेको नेपालकै उत्कृष्ट विद्यालय कालिका मानवज्ञान माध्यमिक विद्यालयले शुक्रबार खाना महोत्सवको आयोजना गरेको छ ।
बुधबार हुने खाना महोत्सवका सफल पार्नका लागि विद्यालयल विभिन्न उप-समितिहरु गठन गरेको छ । प्राविधिक सहयोग समितिमा सर्वेश शर्मा, हिरामान प्रधान, ओम बहादुर सारु छन् भने सल्लाहकार समितिमा पिताम्बर बन्जाडे, दीपक बन्जाडे, लोकराज घिमिरे, कृष्ण प्रसाद अधिकारी, विष्णुहरि ज्ञवाली, अरविन्द दुवे, सुदर्शन रेग्मी रहेका छन् । त्यस्तै सञ्चार तर्फ युवराज कंडेल, अर्जुन सोनी रहेका छन् भने लेखा उप-समितिमा खेम तिवारी, युवनाथ तिवारी, नरेन्द्र पौडेल रहेका छन् ।
कालिकामा कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्यार्थीहरुद्वारा आयोजित खाना महोत्सवमा ५३ स्टल रहने छन् । महोत्सवमा आलु पकौडा, चटनी, फिङ्गर चिप्स, चुकौनी, मिक्स पकौडा, पुरी तरकारी, सोयाबिन छोइला, भुजा, खिर, आलुको आचार, आलु परौठा, चना, आलु कवाब, सेलरोठी, गाजरको हलुवा, चिकन रोस्ट, भेज मो मो, भाटमास साधेको , बटुक लगायतका परिकारहरु रहने छन् ।
कालिका मा.वि.को प्राङ्गणमै चल्ने खाना महोत्सव बिहान ७ बजे सुरु भएर मध्यान्ह साँढे १२ बजे समापन हुने महोत्सवका संयोजक युबनाथ तिवारीले जानकारी दिए ।
प्रतिक्रिया