ताजा अपडेट »

दोभानको भुतखोलामा घुम्न गएका युवाको डुबेर मृत्यु

आइतबार, १५ माघ २०७९, २२ : ३८
32 Shares
आइतबार, १५ माघ २०७९
32 Shares

बुटवल । पाल्पाको तिना-३ भुतखोलामा घुम्न गएका एक युवाको डुबेर मृत्यु भएको छ । तिनाउको पर्यटकीय स्थल भुत खोलामा फोटो खिच्ने क्रममा पोखरीमा डुबेर आइतबार दिउँसो पश्चिम नवलपरासीका २४ वर्षीय अजिम पठानको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनसार पठान र रुपन्देहीको सिद्धार्थनगर-४ का २२ वर्षीय साथी दिपक कुमार बानियासँगै घुम्न गएका थिए । भुतखोलाको पोखरीमा फोटो खिच्न जाने क्रममा अचानक ढुङ्गाबाट चिप्लिन जाँदा पोखरीमा डुबेपछि प्रहरीलाई खबर गरिएको थियो ।

जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी चौकी दोभानबाट प्रहरी टोली खटिई गई उद्धार गरी उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्यइएकोमा डाक्टरले मृत घोषणा गरेको थियो । उक्त घटना सम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।