ताजा अपडेट »

फागुन २८ अगावै राष्ट्रपति निर्वाचन नभए मुलुकमा अनिष्ट हुन्छ : शेखर कोइराला

शनिबार, १४ माघ २०७९, १५ : ०३
28 Shares
शनिबार, १४ माघ २०७९
28 Shares

विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले फागुन २८ गते अगावै राष्ट्रपति पदको निर्वाचन हुनुपर्ने बताएका छन् ।

सो मिति अगावै निर्वाचन नभए मुलुकमा  अनिष्ट हुने उनको भनाइ छ। शनिबार नेपाल प्रेस युनियन प्रदेश १ को प्रथम अधिवेशन उद्घाटन कार्यक्रममा नेता कोइरालाले सो कुरा बताएका हुन्। डा. कोइरालाले भने, 'राष्ट्रपति निर्वाचन पछि धकेल्नका लागि सडेन्त्र भइरहेकोमा त्यो आवश्यक छैन।' नेपाली कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने उनले बताए। 

सभामुख र राष्ट्रपति एउटै पार्टीको हुँदा मुलुकमा बेथिति भएको उनको भनाइ छ। कोइरालाले भने, 'संसदबाट बजेट आएन, संसदबाट पारित विधेयक राष्ट्रपतिले अड्काएर राख्नु भयो।' नेता डा. कोइरालाले नेपाली कांग्रेस ठूलो पार्टी भए पनि सरकार बनाउने अवसर गुमाएको बताए। अघिल्लो कार्यकाल पनि एमाले र माओवादीकै कारण कारण कांग्रेस नेतृत्वमा पुगेको भन्दै अहिले प्रतिपक्षमा रहेपनि फेरि पहिलेको जस्तो अवस्था नहोला भन्न नसकीने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।