काठमाडौं । सर्वोच्च अदालत परिसरमा सुरक्षा बढाइएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामाथिको मुद्धामा सुनुवाइ सकिएसँगै सो क्षेत्रमा सुरक्षा तैनाथ गरेको प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले बताए ।
बहस सकिएसँगै न्यायाधीशहरु फैसलाको तयारीमा जुटेका छन् । अमेरिकाको नागरिकता त्यागेर पुनः नेपाली नागरिकता नलिई खारेज भएकै नागरिकताबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकाले उनको सांसद पद खारेजीसहितको माग गर्दै उनीहरुले गत २८ मंसिरमा लामिछानेविरुद्ध रिट दर्ता गरेका थिए ।
प्रतिक्रिया