ताजा अपडेट »

मेला र महोत्सवले मुलुकको अर्थतन्त्र सुधारमा टेवा पुर्याउन्छः प्रदेश सभा सदस्य घिमिरे

बुधबार, ११ माघ २०७९, १९ : ४७
30 Shares
बुधबार, ११ माघ २०७९
30 Shares

अर्घाखाँची । लुम्बिनी प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले मेलारमहोत्सवले मुलुकको अर्थतन्त्र सुधारमा टेवा पुग्ने बताएका छन् ।

पाचौं अर्घाखाँची महोत्सवको उद्घाटन समारोहमा बोल्दै प्रदेश सभा सदस्य घिमिरेले औद्योगिक तथा व्यापारिक मेलारमहोत्सवले जिल्लाको विकास सँगसँगै मुलुककै अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण भुमीका खेल्ने विश्वास व्यक्त गरे ।

उनले मेलारमहोत्सवमा स्थानीय उत्पादित सामाग्रीले स्थान पाउँनुपर्नेमा जोड दिएका छन् । घिमिरेले भने ‘औद्योगिक तथा व्यापारिक मेलारमहोत्सवले सम्रग जिल्लाको मात्रै नभएर देशकै अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण भुमीका खेल्छ । यस्ता मेलाहरुमा बढीभन्दा बढी स्थानीय रुपमा उत्पादित सामग्रीलाई स्थान दिनुपर्छ।’ घिमिरेले नयाँ सरकार बनेसँगै जनताको निराशा हराउँदै अर्थतन्त्र सुधार हुनेमा अपेक्षा गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।