भैरहवा । भैरहवाको देवकोटाचोकमा रहेको जेल रेष्टुरेण्टमा सोमबार जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छ । अनुगमनको क्रममा रेष्टुरेण्टमा रहेको हत्कडी, बन्दुक जस्तो देखिने एयरगन र आत्महत्या गर्न प्रोत्साहन गर्ने फासी लगाउन प्रयोग गरिने पासो प्रशासनले जफत गरि रेष्टुरेण्ट बन्द गराएको छ ।
देवकोटाचोकमा रहेको जेल रेष्टुरेण्टमामा आउने ग्राहकलाई लक्षित गरि रेष्टुरेण्टको कोठाहरु जेलको आकारमा बनाएको, हत्कडी लगाउने र आत्महत्या गर्न प्रोत्साहन गर्ने खालको क्रियाकलाप गरेको पाईएकोले रेष्टुरेण्ट बन्द गराएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए । उनले स्थानिय मिडियाहरुबाट सो रेष्टुरेण्टबारे जानकारी भएको र अनुगमन गर्दा कैफियत देखिएको कारण बन्द गराईएको बताए ।
फरक प्रकृतिको देखिने भएको कारण पछिल्लो समय सो रेष्टुरेण्ट चर्चित भएको थियो । सहायक प्रजिअ अर्यालले रेष्टुरेण्ट बन्द गर्न लगाई भोली जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न आदेश दिएको बताए । उनले यसबारे आवश्यक अनुसन्धान गरि प्रचलित कानून अनुसार कार्यवाही गर्ने जानकारी दिए ।
प्रतिक्रिया