ताजा अपडेट »

नेपाल वायु सेवा निगमको निरीक्षणमा पर्यटनमन्त्री किराती

सोमबार, ०९ माघ २०७९, १४ : १४
44 Shares
सोमबार, ०९ माघ २०७९
44 Shares

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायु सेवा निगमको निरीक्षण गरेका छन् । निगमको सोमबार निरीक्षण गर्दै मन्त्री किरातीले आमजनताले महसुस र देख्नेगरी परिणाम यथाशिघ्र ल्याउनेगरी काम गर्न निर्देशन दिए । 

साथै एक महिनाभित्र  इटिकेटिङ प्रणाली लागू गर्न, त्रिभुवन विमानस्थलमा हुने चोरी रोक्न र ग्राउण्ड हेन्डेलिङ गुणस्तर वृद्धि गर्न मन्त्री किरातीले निर्देशन दिए । साथै समयमै जहाज उडाउने कार्य गर्न पनि उनले निर्देशन दिएका छन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।