ताजा अपडेट »

स्पट फिक्सिङ प्रकरण- क्रिकेटर महबुब र आदील पक्राउ

सोमबार, ०९ माघ २०७९, १३ : १७
49 Shares
सोमबार, ०९ माघ २०७९
49 Shares

काठमाडौं । नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सोमबार महबुब र आदीललाई पक्राउ गरेको हो । नेपाल टी-ट्वान्टी लिग पुस ९ गतेबाट २७ गतेसम्म टियु क्रिकेट मैदानमा आयोजना भएको थियो । प्रतियोगिताका केही खेलमा म्याच फिक्सिङको आरोप लागेको थियो । स्पट फिक्सिङ भएको चर्चापछि सीआईबीले अनुसन्धान थालेको थियो । सीआईबीको उच्च स्रोत अनुसार अन्य क्रिकेटर समेत पक्राउ पर्ने सम्भावना रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।