ताजा अपडेट »

चिलीमा डाइनोसरका चार प्रजाति फेला

सोमबार, ०९ माघ २०७९, १३ : ११
39 Shares
सोमबार, ०९ माघ २०७९
39 Shares

सान्टियागो । मावैज्ञानिकहरूले चिलीको पाटागोनियाको एक दुर्गम उपत्यकामा चार प्रजातिका डाइनोसरका अवशेषहरू फेला पारेको जनाएका छन् ।  युनिभर्सिटी अफ चिलि र युनिभर्सिटी अफ टेक्साससँगको सहकार्यमा चिलियन अन्टार्टिक इन्स्टिच्युट (इनाच)ले एक खोजका क्रममा ती अवशेषहरू फेला पारेका हुन् ।  सन् २०२१ मा फेला परेका र प्रयोगशालामा पठाइएका जीवाश्महरू यस क्षेत्रमा पहिले पहिचान नभएका प्रजाति भएको बताइएको छ ।

यी जीवाश्महरू अर्जेन्टिनाको सीमास्थित  दक्षिणी चिलीको लास चिनस उपत्यकाको सेरो गुइडोमा फेला परेका थिए । फेला परेका जीवाश्मलाई अध्ययनका लागि प्रयोगशालामा लगिएको थियो । अनुसन्धानकर्ताहरूले दुई चरा प्रजातिका अवशेषहरू पनि फेला पारेका थिए । तीमध्ये  एक इनानटिओरनाइथ र अर्को अर्को ओरनिथुरिनेइ हो ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।