ताजा अपडेट »

केपी ओलीको भूमिकाले एकताको बाटो खुल्योः बलदेव

आइतबार, ०८ माघ २०७९, १५ : ५६
62 Shares
आइतबार, ०८ माघ २०७९
62 Shares

गुल्मी । नेकपा माओबादि केन्द्रका केन्द्रिय सचिब चक्रपाणी खनाल बलदेव ले वर्तमान सत्ता समीकरणमा आफ्नो पार्टीका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपि शर्मा ओलिको सकारात्मक भुमिकाले एमालेसँग पुन पार्टी एकताको बाटो खुलेको बताएका छ्न ।
सो पार्टिको लुम्बिनी प्रदेश कमिटी इन्चार्ज समेत रहेका खनालले गुल्मी जिल्ला पार्टिको जिल्ला कमिटी बैठकलाई सदरमुकाम तम्घासको पार्टी कार्यालयमा सम्बोधन गर्दै यस्तो बताएका हुन ।

वर्तमान सरकार निर्माण नहुनुको अन्तिम चरणसम्म कांग्रेससँगै सरकार निर्माण गर्नु पर्छ भनेर माओवादी केन्द्र लागेको तर काग्रेसका रामशरण महत लगायतका केही नेताहरुले शेर बहादुर देउवालाई गलत सल्लाह दिदा गठबन्धन भत्काएर एमालेसँग समिकरण गर्दै अहिलेको सरकार बनेको उनको भनाइ थियो । यो सरकार निर्माणमा ओलिको सकारात्मक भुमिका रहेको जसका कारण पार्टी एकताको बाटो खुलेको तर तत्काल सम्भावना नरहेको बरु माधव नेपाल, उपेन्द्र यादव र जनमत पार्टीसँग एकताका लागि छलफल चलिरहेको उनले बताए ।

पुर्व कृषीमन्त्री समेत रहेका नेता खनालले आफुले मन्त्रालय सम्हाल्दा वर्षिक १३ अर्बको कृषी सामाग्री बाहिरबाट भित्रीने गरेको अनुभव सुनाउदै निर्यात गर्ने नेपालमा कम भएकोले कार्यकर्तालाई उत्पादन लाग्न निर्देशन दिए । दक्षिण एशियामा भुटन बाहेक नेपाल समेत भ्रष्टाचारि मुलुक रहेकोले भ्रष्टाचार अन्त्य गर्न अहिलेको सरकार लागेको उनको भनाइछ । प्रचण्ड नेतृत्व सरकारले जनताले अरुले भ्स्न्दा केही राम्रा योजनाहरु ल्याए है भन्ने गरि काम गर्नु पर्ने उनको सुझाव थियो ।

बैठकमा कार्यकर्ताहरुले यसपालिको चुनावमा नेपाली काङ्ग्रेसका कार्यकर्ताले माओवादी उमेदवारले हार्नु परेको रिपोर्टिङ गरेका थिए । तर बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बरालले कांग्रेसले माओवादीलाई घात गर्यो भन्नू गलत भएको बताए । बैठकमा सो पार्टी क्षेत्र नम्बर १ क प्रदेशका इन्चार्ज तेजेन्द्र सलामी, ख का अध्यक्ष गिता थापा, क्षेत्र नम्बर २ू प्रदेश क बाट मुसिकोट नगरकमिटी अध्यक्ष युवाराज खरेल, ख प्रदेशका इन्चार्ज भुपाल पोखरेलले रिपोर्टिङ गरेका थिए। सो पार्टी गुल्मी जिल्ला इन्चार्ज वीर बहादुर कार्कीको अध्यक्षत र सचिब अशोक थापाको संचालनमा सम्पन्न बैठकले विभिन्न निर्णय गरेको सो पार्टिले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।