काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरेको बताएका छन् ।अनुपम फुडल्याण्डमा जारी संस्थापनइतर समूहको बैठकमा कोइरालाले सो कुरा बताएका हुन् । तर, बहुमतको निर्णय मान्नुपर्ने बाध्यता आइपरेको उनको भनाई छ ।
‘हामीले विश्वासको मत दिएर गल्ती गर्यौं । मैले कार्यसम्पादनमा तठस्थ बस्ने प्रस्ताव राखेको थिएँ सुनुवाइ भएन । बहुमतको निर्णय मान्नुपर्ने बाध्यता पर्यो ।’ बैठकमा कोइरालाले भने । सभापति शेरबहादुर देउवाको प्रस्तावमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो । कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालगायत चार जना नेताले उक्त निर्णयमा असहमति जनाएका थिए ।
प्रतिक्रिया