सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ झुप्राखोलास्थित रत्न राजमार्गमा अनियन्त्रित भएर जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा जिप चालक वीरेन्द्रनगर नगरपालिका-७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका-५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतिमाई गाउँपालिका-५ का ३१ वर्षीय बविन शाही र दैलेख गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी रहेका छन् ।
दुर्घटनामा घाइते भएका उनीहरूको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दैलेख भैरवी गाउँपालिका-५ का २५ वर्षीय वीरेन्द्रराज शाही दुर्घटनामा घाइते भएका छन् । जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ८० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया