ताजा अपडेट »

उपसभामुख चयनका लागि प्रतिनिधिसभाको बैठक जारी

शनिबार, ०७ माघ २०७९, १३ : ३९
56 Shares
शनिबार, ०७ माघ २०७९
56 Shares

काठमाडौ । प्रतिनिधिसभाका उपसभामुख चयनका लागि बोलाइएको प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना र नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादव उम्मेदवार रहेका छन् ।

रानाको प्रस्तावकमा रास्वपाका सोविता गौतम र समर्थकमा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ, नेकपा(माओवादी केन्द्र)का नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङदेन रहेका छन् ।
 
यादवको प्रस्तावकमा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे र समर्थकमा  नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला छन् । 

बैठकमा दुवै उम्मेदवारका प्रस्तावक र समर्थकले आ–आफना  पक्षका उम्मेदवारलाई समर्थन गर्न आग्रह गर्नेछन् । दलीयरुपमा संसद्मा प्रतिनिधित्व रहेका दलका नेताले पनि मन्तव्य राख्‍नेछन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।