ताजा अपडेट »

सुनचाँदीको मूल्य बढ्यो

शुक्रबार, ०६ माघ २०७९, १२ : ०५
22 Shares
शुक्रबार, ०६ माघ २०७९
22 Shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। 

अघिल्लो दिन बिहीबार सुनको मूल्य स्थिर रहेको थियो । सुनको मूल्य आज प्रतितोला सात सय रुपैयाँ बढेको हो। तेजाबी सुन प्रतितोला एक लाख चार हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख चार हजार ५०० रुपैयाँमा किनमेल भइरहेको छ । यसअघि बिहीबार तेजाबी सुन प्रतितोला एक लाख चार हजार रुपैयाँमा कारोबार भएको थियो।  

शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा आज चाँदी प्रतितोला २० रुपैयाँ बढेको हो। बिहीबार चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।